संशोधित निर्देशनको पहिलो बुदामा ‘नेपाल एकीकृत व्यापार रणनीति–२०८०’ मा उल्लेखित “निर्यात संम्भावना देखिएका वस्तु’ अन्तर्गतको वर्तमान वस्तुहरु उत्पादन गर्ने उद्योगहरुले पनि यस एलसी मार्फत आयात गर्न सकिने व्यवस्था गरेको छ। फलस्वरुप यी १७ प्रकारका उद्योगहरुले अब यस किसिमको प्रतितपत्रमार्फत आयात गर्न पाउनेछन।
उक्त वस्तुहरु देहायवमोजिम रहेका छन,
–अलैची
–अदुवा
–दलहन
–जुट
–चिया
–जडीबुटी तथा सुगन्धित वनस्पति
–लोक्ताबाट बनेको हाते कागज
–रोजिन र टर्पेन्टाइन
–फलाम तथा स्टील
–धागो तथा कपडा
–जुत्ता
–तयारी पोशाक
–गलैंचा
–गहना
–पश्मिना
–पास्ता
–उनबाट बनेका सामान
के हो एलसी?
अन्तरराष्ट्रिय व्यापारमा भुक्तानीका विभिन्न विधिहरु छन्। जसमध्येको एक विधि हो। प्रतिपत्र अर्थात लेटर अफ क्रेडिट ।
ग्राहकको अनुरोधमा एक बैंकले अर्को बैंकको नाममा कुनै व्यक्तिको यति रुपैया तोकिएको शर्तमा तोकिएको व्यक्तिलाई भुक्तानी दिनु भनी लेखेको पत्र एलसी हो। प्रतित पत्रलाई डकुमेन्टरी क्रेडिट पनि भनिन्छ ।
प्रतित पत्र एक प्रकारको प्रतिवद्धता हो । यस्तो प्रतिवद्धता एउटा बैंकले आफ्नो ग्राहकको अनुरोधमा अर्को बैंकको ग्राहकलाई उसको बैंक मार्फत गरिदिएको हुन्छ । यसमा तोकिएका शर्तहरु पुरा भएका छन भने कुनै तेश्रो पक्षलाई तोकिएका कागजातहरुका आधारमा भुक्तानी गरिदिने ग्यारेन्टी गरिएको हुन्छ ।
के हो व्याक टू व्याक एलसी?
भैरहेको प्रतितपत्रको सुरक्षणमा अर्को प्रतितपत्र खोलिन्छ भने त्यस्तो प्रतितपत्रलाई व्याक टू व्याक प्रतिपत्र भनिन्छ । व्यापारीहरुले सप्लायर लाई भुक्तानी दिन यस्तो प्रतितपत्र खोल्दछन्। व्यापारीले क्रेताबाट प्रतितपत्र प्राप्त गरेपछि सप्लायरको पक्षमा अर्को प्रतितपत्र खोल्दछ। पहिलो प्रतितपत्र दोश्रोको सुरक्षणको रुपमा रहेको हुन्छ।