Media Network

वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर


खबरस्टोरी संवाददाता

३० श्रावण २०७९,सोमबार

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस  लगायतका सेवा प्रदान गरेको छ । 

लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भतmजनहरुलाई एक सय ५० जना बिभिन्न स्वयंमसेवकहरु द्घारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भतmजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा , दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो । उक्त्त स्वास्थ्य शिविरका अनुसार करीब दुई हजार धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए । श्रावणको सोमबार देशभर महादेबको बिभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । वृज सिमेन्टको यो कार्य आफनो कम्पनीको बार्षिक कार्यक्रम अन्र्तगत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको कम्पनीले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद