Media Network

८ वर्षपछि खुल्यो तातोपानी नाका


खबरस्टोरी संवाददाता

१५ भाद्र २०८०,शुक्रबार

काठमाडौँ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ ।चीनसँगको उत्तरी सीमानाका तातोपानी नाकामा आजदेखि स्थानीयको आवतजावतका लागि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद