Media Network

वस्तुमाथिको आयातमा केहीको फुकुवा, केहीमा भने प्रतिबन्ध कायमै


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

काठमाडौ ।सरकारले प्रतिबन्ध लगाइएको वस्तुहरुमा संशोधन गरेर प्रतिबन्ध कायमै राखेको छ, भने केहीको प्रतिबन्ध फुकुवा गरेको छ । 

अझै असोज २८ गतेसम्म केही वस्तुहरुको आयात प्रतिबन्ध लगाउने मन्त्रिपरिषदले निर्णय गरेको हो।जसअन्तर्गत सरकारले मदिराको प्रतिबन्धलाई निरन्तरता दिएको छ।  

प्रतिबन्ध लगाइएका वस्तुहरुमा भने संशोधन गरिएको छ। कुरकुरे, कुरमुरे लेज जस्ता वस्तुहरुको प्रतिबन्ध भने सरकारले खुलाएको छ। त्यस्तैे चुरोटको आयात खुलाएको छ। हिराको आयात पनि खुलाइएको छ। स्मार्ट फोनको आयातलाई निरन्तरता दिएको छ भने गाडी र मोटरसाइलकको आयात प्रतिबन्धलाई समेत निरन्तरता दिइएको छ।त्यस्तै सरकारले तास र खेलौनाको प्रतिबन्ध हटाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद