Media Network

विश्व बैंकले नेपाललाई १० करोड डलर ऋण दिने


खबरस्टोरी संवाददाता

१७ बैशाख २०८०,आईतवार

काठमाडौं । विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण सहायता दिने भएको छ ।

हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो ।

सो निर्णयसँग विश्व बैंकले करिब १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो ।स्वास्थ्य बिमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले यो बजेट खर्च गर्ने जनाइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद