Media Network

१६ वटा ब्रोकर कम्पनीले पाउने भए लाइसेन्स


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले १६ वटालाई आशयपत्र दिने निर्णय गरेको बोर्डमा प्रवक्रा मुक्तिनाथ श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

आशय पत्र पाएका १६ कम्पनीले ६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार भौतिक पुर्वाधार निर्माण गरिसक्नु पर्नेछ । त्यसपछि मापदण्ड पूरा गरी पुर्वाधार निर्माण गरेकालाई अनुमति पत्र दिइने श्रेष्ठले जानकारी दिए ।

एलओआई पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् ।

आशय पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबिआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरविवि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज,भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज र आकाश भैरव सेक्युरिटिज रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद