Media Network

५२ वटा स्थानीय तहले बजेट पेश गर्न सकेनन्


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

कठमाडौँ।नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभसमय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका छैनन्् । 

हालसम्म चालु आर्थिक वर्षको बजेट पेश नगर्नेमा प्रदेश १ का २, मधेश प्रदेशका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् । हालसम्म गण्डकी प्रदेशको मात्र सबै स्थानीय तहले बजेट पेश गरिसकेका छन् । 

मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०१ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद