Media Network

वैदेशिक रोजगार विभागको महानिर्देशकमा उमाकान्त आचार्य


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौं । वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिइएको छ ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन् ।आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशककै जिम्मेवारीमा थिए । 

वैदेशिक रोजगार विभागको महानिर्देशक शेषनारायण पौडेल अध्ययन बिदामा बसेपछि पद रिक्त बनेको हो ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद