Media Network

वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बारे जानकारी दिन सहायताकक्ष


खबरस्टोरी संवाददाता

१२ पुष २०७९,मंगलवार

काठमाडौं । गरिमा क्यपिटलले आइपीओ सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष संचालनमा ल्याएको छ । क्यपिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ सम्बन्धी जानकारी दिन सहायता कक्ष संचालनमा ल्याएको हो ।

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई आइपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।

‘हरेक नेपाली शेयरधनी’ अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बारे जानकारी प्रदान गरी सहजीकरण गर्नका लागि क्यापिटलले सहायताकक्ष संचालनमा ल्याएको जनाएको छ ।

यस्तो छ आइपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन पुरा गर्नुपर्ने मापदण्डहरु ः

१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्ने छ ।

२. सिडिएस एण्ड क्लियरिङ्गबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ ।

३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सिआश्वा रजिष्ट्रेशन नम्बर  लिनु पर्नेछ ।

४. आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा पचास हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्ने छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद