Media Network

विद्युत प्राधिकरणले आईपीओ जारी गर्ने


खबरस्टोरी संवाददाता

२५ श्रावण २०८०,बिहीबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको बताए ।

त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन् । विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको घिसिङले जानकारी दिए । उनले प्राधिकरणको सम्पत्ति मूल्यांकन कार्य पनि सकिएको बताएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद