Media Network

विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मूल्यमा सेयर (आइपीओ) जारी गर्ने भएको छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले यस्तो जानकारी गराएका हुन् । 

प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा निर्देदशक घिसिङले यस्तो बताएका हुन् ।

उनले प्राधिकरणको तेस्रो आर्थिक पुनःसंरचना स्वीकृति प्राप्त हुने चरण रहेको बताए । उनले भने,–’इन्टरनेशनल क्रेडिट रेटिङ एसोसिएशनले प्राधिकरणको आर्थिक अवस्थाको मुल्याङ्कन गरी डबल ए प्लस रेटिङ्ग गरेको छ। प्राधिकरणको तेश्रो आर्थिक पुनःसंरचना स्वीकृति प्राप्त हुने चरणमा रहेको छ। सोको स्वीकृति पश्चात प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मुल्यमा शेयर जारी गर्न सक्ने छ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद