Media Network

यी हुन् कालोसूचीमा परेका २२ निर्माण कम्पनी (सूचीसहित)


निरज तिमिल्सिना

१५ माघ २०८०,सोमबार

काठमाडौं । समयमै निर्माण सम्पन्न नगर्ने २२ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायका सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालो सूचीमा परेका छन् । कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुमा ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रा।लि, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै खड्गदेवी कन्स्ट्रक्सन, भिमादको आयुष एन्ड अनुष कन्स्ट्रक्सन, गोरखाको अनुपमा निर्माण सेवा, गोरखाकै अन्नपूर्ण निर्माण सेवा र लक्ष्मी कन्स्ट्रक्सन रहेका छन् । कास्कीको त्रिवेणी निर्माण सेवा सडक डिभिजन कार्यालय दमौलीले पठाएअनुसार यी निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद