Media Network

यी हुन् कालोसुचीमा परेका १६ ठेकेदार कम्पनी (सूचीसहित)


खबरस्टोरी संवाददाता

१५ मंसिर २०८०,शुक्रबार

काठमाडौं । १६ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ती ठेकेदार कम्पनीहरुलाई आजकै मितिदेखि कालोसूचीमा राखिएको सार्वजनिक सूचना जारी गरेको छ ।

विभिन्न सार्वजनिक कार्यलयहरुको आग्रहमा निर्माण ब्यवसायी आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जनाएको छ ।यसरी कालोसूचीमा पर्नेमा सिरुवा कन्स्ट्रक्सन प्रा लि, साहनी बिल्डर्स, भारत कन्स्ट्रक्सन, मैनाचुली, सिद्धिसाई जेभि, आर डी सप्लायर्स, सुनौलो खिम्ती कन्स्ट्रक्सन, एस कन्स्ट्रक्सन लगायत रहेका छन् ।उनीहरुलाई १ बर्ष देखि बढीमा तीन वर्षसम्मलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद