Media Network

यी हुन् राज्यलाई सबैभन्दा बढी कर तिर्ने १० कम्पनी


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं । सदा झै राज्यलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीको सुचीमध्येमा पहिलो नम्बरमा पर्ने सूर्य नेपाल कम्पनी  हो । गतवर्ष पनि बढी कर तिर्ने कम्पनीहरूमा यही कम्पनी नै पहिलो नम्बरमा परेको छ । अघिल्लो वर्ष सर्वाधिक कर तिर्ने करदातामा सूर्य नेपाल नै पहिलो नम्बरमा थियो । अघिल्लो वर्ष नौ अर्ब ३४ करोड रुपैयाँ कर तिरेको यो कम्पनीले गतवर्ष १० अर्ब ७२ करोड रुपैयाँ कर तिरेको छ । यो कम्पनीले ठूला करदाता कार्यालय स्थापना भएदेखि नै सर्वाधिक कर तिर्दै आएको बताइएको छ ।

ठूला करदातामा बुझाएको करको विवरण हेर्दा गतवर्ष चारवटा  कम्पनीले पाँच अर्बभन्दा बढी कर तिरेका छन् । 

पाँच अर्बभन्दा बढी कर बुझाउनेमा सूर्य नेपाल, नेपाल दूरसञ्चार कम्पनी, एनसेल आजियाटा र गोर्खा ब्रुअरी रहेका छन् । यी कम्पनीमध्ये सबैभन्दा बढी सूर्य नेपालले १० अर्ब ७२ करोड रुपैयाँभन्दा बढी कर तिरेको छ भने नेपाल दूरसञ्चार कम्पनीले नौ अर्ब ८२ करोड, एनसेलले सात अर्ब ५९ करोड र गोर्खा ब्रुअरीले पाँच अर्ब ८९ करोड रुपैयाँ कर तिरेका छन् । यी कम्पनीहरूले मूल्य अभिवृद्धि कर, आयकर, ब्याजकरलगायतबापतको रकम तिरेका हुन् ।

सूर्य नेपाल प्रालि सन् १९८६ मा स्थापना भएको कम्पनीको हो । यो कम्पनीमा भारतीय आईटीसी लिमिटेडको ५९ प्रतिशत सेयर रहेको छ । ३९ प्रतिशत सेयर नेपालीहरूको व्यक्तिगत र संस्थागत रहेको छ । 

त्यसैगरी यो कम्पनीमा ब्रिटिस अमेरिका टोबाक्को (इन्भेष्टमेन्ट) लिमिटेडको पनि सेयर रहेको छ ।  यो कम्पनीले सूर्य चुरोट, अगरबत्ती, सलाई र कन्फेक्स्नरीको उत्पादन र वितरण गर्दै आएको छ । 

कम्पनीले वार्षिक २४ अर्ब रूपयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । त्यस्तै कम्पनीले वार्षिक नाफा नौ अर्बभन्दा बढी गर्दै आएको छ । यो कम्पनीले अघिल्लो वर्ष नौ अर्ब ३४ करोड रुपैयाँ कर तिरेको थियो ।

त्यस्तै एनसेल पनि विदेशी लगानी भएको कम्पनी हो । यो कम्पनीले अघिल्लो वर्षको भन्दा गत वर्ष कम कर तिरेको छ । अघिल्लो वर्ष आठ अर्ब रुपैयाँ कर तिरेको थियो भने गत वर्ष सात अर्ब ५९ करोड रुपैयाँ कर तिरेको तथ्यांक छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद