Media Network

यती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई नेपाल लाइफद्वारा दाबी भुक्तानी


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७९,बिहीबार

काठमाडौं।नेपाल कै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको यही माघ एक गते पोखरामा यती एयरलाइन्सको  जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई  एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।  

आफ्नो जीवनकालमा स्व ः संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख रुपैंयाँ बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिनु भएको थियो । बीमांक बापतको रकम अन्तर्गत ५० लाख र दुर्घंटना मृत्यु दावी बापत ५० लाख रुपैंयाँ गरी जम्मा एक करोड एक लाख रुपैंयाँ इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । २०७९ पौष मसान्त सम्ममा कम्पनीको लगानी एक खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष एक खर्ब ५० अर्ब ८५ करोड रुपैंयाँ रुपैयाँ र शेयरधनी कोष नौं अर्ब ५२ करोड भन्दा बढी रहेको छ । 

कम्पनीमा दुई लाख १२ हजार तनि सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब एक सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रुपैंयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार चार सय २० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद