Media Network

यती एयरलाइन्समा सञ्चालनको २५ वर्षपछि भित्रियो नयाँ साझेदार, सिए सुवास बने नयाँ सिईओ


खबरस्टोरी संवाददाता

१ कार्तिक २०८०,बुधबार

काठमाडौं। शेर्पाको समूहको नितान्त एकल स्वामित्वमा सञ्चालन गरेको २५ वर्षपछि अन्ततः यती एयरलाइन्सले साझेदार भित्र्याएको छ।

मंगलबारबाट एसियन लाइफ इन्स्योरेन्स कम्पनी औपचारिक रुपमा ४९ प्रतिशत सेयरसहित भित्रिएको छ। आब कम्पनीले सर्वसाधारणलाई समेत सेयर जारी गर्नेगरी कम्पनीको पूरै संरचना नयाँ ढंगले चलाउने गरि नयाँ साझेदार आएको हो।

यती समूहको हवाई कम्पनी यती एयरलाइन्स अहिलेसम्म एकल स्वामित्वमा थियो। यतीले साझेदारबाट रकम आएपछि तत्कालै ३ वटा एटीआर ७२ जहाज खरिद गर्ने योजनासमेत बनाएको छ। यतीले अहिले ५ वटा एटीआर ७२ जहाजमार्फत हवाई सेवा दिँदै आएको छ। 

यति होल्डिङको यति एयरलाइन्सको हालको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ ।एसियन लाइफ इन्स्योरेन्सले ४९ प्रतिशत सेयर खरिद गर्दा १ अर्ब ७५ करोड रूपैयाँ लगानी गरेको छ। प्रतिकित्ता एक सय रूपैयाँको सेयरमा ७० रूपैयाँ प्रिमियमसमेत थप हुँदा १ अर्ब ७५ करोड रूपैयाँ लगानी एसियन लाइफ इन्स्योरेन्सले गरेको हो। 

अब आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षभित्रै यति एयरलाइन्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्स २५ वर्षपछि पब्लिक कम्पनी भएको हो ।एसियनले यति एयरलाइन्समा भदौ १२ गते ४९ प्रतिशत लगानी गर्न अनुमतिलाई नेपाल बीमा प्राधिकरणबाट पाएको थियो ।


नयाँ सीईओ बने सिए सुवास 

पेसाले चार्टर्ड एकाण्टेन्ट उनी यसअघि एफवान सफ्टको निर्देशक थिए । एसियन लाइफ इन्स्योरेन्सको प्रवेशसँगै यति एयरलाइन्स कम्पनी लिमिटेडमा सोमबारबाटै नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा सुवास सापकोटाले नियुक्ति लिएका छन् । यसअघि उनी इसेवाका सीईओ समेत रहिसकेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद