Media Network

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सको क्षमायाचना


खबरस्टोरी संवाददाता

१४ मंसिर २०८०,बिहीबार

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ३१ जना यात्रुहरुलाई नचढाई दुबई उडेको विषयमा क्षमा मागेको छ । टिकट काटिसकेका तर, उडानको क्रममा ३१ जना यात्रु छुटेको विषयमा निगमले क्षमा मागेको हो ।

बिहीबार दिउँसो नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति जारी गरी यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै ती सबै यात्रुहरुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जनाएका छन् । साथै यस्ता घटना फेरि दोहोरिन नदिन र आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ जहाजले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा सोही उडानमा टिकट काटेका ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको थियो । ती यात्रुहरुलाई होटलमा लगेर राखिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद