Media Network

अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोरोना देखियो


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौँ। ७९ वर्षिय अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि कोरोना संक्रमित भएका छन्। उनका निजी डाक्टरले 'रिबाउन्ड इन्फेक्सन' भएको बताएका छन्।  पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् ।

बाइडेनलाई यसअघि जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो। उनले त्यतिबेला कोरोनाका हल्का लक्षणहरू आफूले अनुभव गरिरहेको बताए पनि यो संक्रमणमा आफूलाई कुनै पनि लक्षण नदेखिएको बताएका छन्।

बाइडेनका फिजिसियन डा कोविन ओ कोनोरले उनलाई फेरि उपचारको जरुरी नभए पनि निगरानीमा राखिने बताएका छन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद