Media Network

अस्पतालले पार्किङको शुल्क उठाए कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय


खबरस्टोरी संवाददाता

१५ बैशाख २०८०,शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सरकारी अस्पतालहरुले पार्किङको शुल्क लिए कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै पार्किङको शुल्क उठाउने गरेको गुनासो आएको भन्दै अस्पतालहरुले पार्किङकको शुल्क उठाए कारबाही गर्ने चेतावनी दिएको हो । त्यस्तै मन्त्रालयले अस्पतालमा कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको गुनासो आएको बताएको छ ।

मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई कुल शय्याको १० प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्याइ निःशुल्क उपचार अनिवार्यरुपमा गराउनुपर्ने पुनः ताकेता गरेको छ ।

स्वास्थ्य  संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी वडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नु पर्ने भए तापनि यस मन्त्रालय र मातहतका निकायहरुबाट विभिन्न स्वास्थ्य संस्थाहरुमा नियमित तथा आकस्मिक अनुगमनको क्रममा नपाएको भनिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद