Media Network

अष्ट्रेलियापछि यूके जानेहरुले पनि नर्भिकमै स्वास्थ्य जाँच गराउन पाउने


खबरस्टोरी संवाददाता

५ असार २०८०,मंगलवार

काठमाडौं।थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि यूनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ । 

काठमाण्डौस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेशनल हस्पिटललाई समेत यूके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको हो । नर्भिकसँगै यूके जानेहरुको मेडिकल जाँच इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन (आइओएम) मा पनि हुनेछ । अष्ट्रेलिया जानेहरुको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आइओएमले नै पाएका छन् । 

सम्बन्धन पाएसँगै नर्भिकले यूके जानेहरुको स्वास्थ्य जाँचको सुरुवात गरेको छ । अब यूके जानेहरुले नर्भिकमा मेडिकल जाँच गराउनका लागि अनलाइनबाट आफूलाई पायक पर्ने मिति बुक गर्न सक्नेछन् । अनलाइनमा देखिने खालि स्लटहरुमा आफूलाई उपयुक्त डेट बुक गरेपछि नर्भिकले सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनेछ । 

काठमाण्डौको पायक पर्ने स्थान थापाथलीमा रहेको नर्भिक अस्पतालमै स्वास्थ्य परीक्षणको व्यवस्था भएपछि यसले यूके जानेहरुलाई सजिलो भएको सरोकारवालाहरुको प्रतिक्रिया छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद