Media Network

भूकम्पबाट घाइते भएकाहरुकाे सरकारले नि:शुल्क उपचार गर्ने


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जतिठूलो उपचार भएपनि निःशुल्क हुने बताए ।

उनले भने– सबै अस्पतालमा निःशुल्क उपचारका लागि सबै अस्पताललाई भनेका छौँ । उपचार निःशुल्क हुन्छ जति ठूलो उपचार भए पनि ।

यस्तै बैठकमा भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुन निर्माणका विषयमा छलफल भएको छ ।

उनले भने,–पहिलाको भन्दा बढी भन्ने विषयमा छलफल भइरहेको छ । ०७२ सालमा गरेको गल्तीलाई सुधार गरेर इम्प्रुभ गर्ने भन्ने छ ।

यस्तै बैठकमा खाद्यान्न र बसोबासका लागि तत्काललाई व्यवस्थापन गर्ने आवश्यक सामग्रीहरू तीन भित्र घटनास्थलमा पु¥याएर कुनै पनि कुराको कमी हुने नदिने गरी सरकारले काम गर्ने उनले बताए ।

त्यसै गरी छिमेकी देशहरूले दिने सहयोगका विषयमा सरकारले मापदण्ड बनाएर लागू गरेपछि मात्रै लिने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद