Media Network

भूकम्पका घाइते भेट्न टिचिङ हस्पिटल पुगे स्वास्थ्य मन्त्री


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०८०,बिहीबार

काठमाडौँ। जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भेटेका छन् ।
सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको सबै अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरिसकेकाले सबैको  निःशुल्क उपचार भइरहेको मन्त्री बस्नेतले बताए । भूकम्पमा परेर गम्भीर घाइतेहरु मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको निर्देशक डा.काफ्लेले जानकारी दिए ।
उपचाररत घाइतेमध्ये एक जनाको शल्यक्रिया भइसकेको, एक जनालाई आइसियुमा राखेर उपचार भइरहेको र बाकी आठजनाको पनि उपचार भइरहेको ड.काफ्लेले बताए । मन्त्री बस्नेतले आइसियुमा उपचाररत घाइते र उनका आफन्तसँग पनि भेटेर उपचार अवस्थाबारे जानकारी लिएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद