Media Network

बाँकेमा एकैदिन १० जनामा कोरोना पुष्टि


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

काठमाडौँ। बाँकेमा एकैदिन थप १० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा आठ जना र जमुनाहा नाकामा दुई जना गरी १० जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए। 

भेरी  अस्पतालमा कोरोना पुष्टि भएकामध्ये चार जना बाँके जिल्ला निवासी छन् भने चार जना बाहिरी जिल्लाका छन्।

उक्त संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद