Media Network

बालकको मृत्युपछि दोस्रो दिन पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो दिन पनि आन्दोलन , सेवा प्रभावित


खबरस्टोरी संवाददाता

२९ असार २०८०,शुक्रबार

दाङ । बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो दिन पनि आन्दोलन भएको छ । मृतक बालकका आफन्तले आन्दोलनका कारण प्रतिष्ठानमा शुक्रबार पनि प्रतिष्ठान तनावग्रस्त भएको ५ ।

मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको मुत्यु भएपछि उत्पन्न विवाद अझै समाधान भएको छैन । क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका बालकको बिहीबार बिहान मृत्यु भएको थियो ।

मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका हुन् । बिहीबार पनि पीडितले प्रतिष्ठान घेराउ गरेका थिए । बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने माग पीडित पक्षको छ ।

आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा समेत प्रभावित भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद