Media Network

चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै, कृतिम अक्सिजनको मात्रा घटाइयो


खबरस्टोरी संवाददाता

६ फाल्गुन २०७९,शनिबार

काठमाडौँ । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । 

हाल भारतमा उपचाररत उनलाई दिँदै आएको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको कांग्रेस युवा नेता योगराज कँडेलले जानकारी दिए । भण्डारीको उपचारमा संलग्न चिकित्सक डा मुकेश मिस्रा आजबाट पाइप मार्फत खाना दिने बताएको पनि कँडेलले जानकारी दिए । 

भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ देखिएको बताइएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद