नेशनल बर्न सेन्टर, नबी मुम्बईमा उपचाररत मंगलबारबाट बोल्न थालेका छन् । उपचारमा संलग्न डा। प्रशान्त महाराणेका अनुसार एण्टीबायोटिक थपपश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको उनीसँगै गएका नेता योगराज कंडेलले जनाएका छन् । उनलाई मुखबाटै खाना दिइएको छ ।
उनका अनुसार ५ लिटर अक्सीजनमा झारिएको छ भने पारामिटरहरु नर्मल रहेको छ । ‘डाक्टरसँग परामर्श लिइरहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ मसँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका कंडेलले बताएका छन् ।
गत वुधबार राति काठमाडौंस्थित निवासमा ग्याँस लिक हुँदाँआगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि बिहीबार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने बिहीबार निधन भएको थियो ।