Media Network

डेंगीबाट ६ वर्षीय बालकको मृत्यु


खबरस्टोरी संवाददाता

२६ आश्विन २०८०,शुक्रबार

दमौली । डेंगी संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । 

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । 

६ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगीबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 

डेंगी संक्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद