Media Network

एकै दिन थपिए ७१० संक्रमित, दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौँ। नेपालमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। पाछिल्लो २४ घण्टामा नेपालमा ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा ७ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पिसीआर र २४ सय ८४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । 

त्यस्तै,नेपालमा हाल ४२ सय ३६ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार नौ सय ६२ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट बच्न आवश्यक सतर्कता अपनाउन  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद