Media Network

एकैदिन ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१० श्रावण २०७९,मंगलवार

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारणले २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ । कोरोन भाइरस तीव्र गतिमा बढ्दै गएको हुनाले सतर्कताका लागि अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद