Media Network

एयर एम्बुलेन्सबाट भारत लैजान राष्ट्रपति पौडेललाई अस्पतालबाट निकालियो


खबरस्टोरी संवाददाता

६ बैशाख २०८०,बुधबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ । उनलाई त्रिभुवन विमानस्थलबाट दिल्ली लैजान अस्पतालबाट निकालिएको हो ।

स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स ९एम्स० अस्पतालमा लैजान लागेको हो । अस्पतालबाट निकालेर एयरपोर्ट लगिएको राष्ट्रपति सचिवालयका सदस्यले नेपालप्रेसलाई बताए ।

बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको राष्ट्रपति सचिवालयले जनाएको छ । परिवारको आग्रहमा उनलाई थप उपचारका लागि भारत लैजान लागेको हो ।

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

केही दिनअघि पनि पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद