Media Network

गर्भवतीको मृत्युपछि सिन्धुली अस्पतालको सेवा ठप्प


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०८०,बुधबार

सिन्धुली । गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि सिन्धुली जिल्ला अस्पतालको सेवा ठप्प भएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूहरू असुरक्षित भएको भन्दै बहिरंग, इमर्जेन्सीलगायत सेवा बन्द गरेका छन् ।

अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

कमलामाई नगरपालिका–५ की गंगा गुरूङ श्रेष्ठ मंगलबार बिहान १० बजेतिर अस्पताल आएकोमा त्यहाँबाट रिफर गरेपछि बर्दिबास लगिएको थियो । ती महिलाको बर्दिबास लैजाने क्रममा मृत्यु भएको थियो । सिन्धुलीमा गलत औषधि चलाएकाले मृत्यु भएको बर्दिबासका डाक्टरले बताएको आफन्तको दाबी छ । डाक्टरको लापरबाहीबाट मृत्यु भएको भन्दै आफन्तले मंगलबार सिन्धुली अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । डाक्टरलाई कारबाही, मृतकका परिवारलाई क्षतिपूर्तिलगायतको माग राख्दै आक्रोशित भिडले जिल्ला अस्पताल र आँखा अस्पतालमा क्षति पु¥याएको थियो ।

मंगलबार राति मृतकका आफन्तसँगको छलफलमा सत्यतथ्य छानबिन गर्ने सहमतिसहित बुधबार बिहान ८ बजे पीडित पक्ष र अस्पतालका प्रतिनिधिबीच पुनः बैठक बस्ने सहमति भएको थियो । छानबिन समिति गठन गरी प्रतिवेदन अनुसार कानूनी कारबाही अघि बढाइने सहमति भएको एसपी सिलवालले जानकारी दिए । अस्पतालले भने घटनाबारेमा कुनै ओैपचारिक धारणा सार्वजनिक गरेको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद