२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरू गरिएको हो ।
आज प्रदेशसभा बैठक बस्दैछ । त्यसअघिबाटै प्रदेशसभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरिएको हो ।
हिजो प्रदेश बन्द गरिएको थियो भने आज नाराबाजी र प्रदेशसभा घेराउ गरिएको हो