Media Network

इजरायल–हमास युद्धको मारमा परेर स्वदेश फर्किएकालाई अन्नपूर्ण अस्पतालको साथ, निशुल्क उपचार सेवा


खबरस्टोरी संवाददाता

२९ आश्विन २०८०,सोमबार

काठमाडौें । इजरायल–हमास युद्धको मारमा परेर स्वदेश फर्किएका नेपाली बिधार्थी लगायत नागरिकहरुलाई अन्नपूर्ण प्राकृतिक अस्पतालले आहातमा राहत  उपचार सेवा प्रदान गर्ने भएको छ ।

ललितपुरको नख्खु दोबाटो, बागडोल–४, खरिबोटमा रहेको अस्पतालले एक महिनाको लागी निःशुल्क सेवा दिने भएको हो ।

उक्त युद्धमा केहि दिन अघि १० जना नेपाली बिद्यार्थीको मृत्यु भएको थियो भने ३ जना घाईते बनेका छन । हालसम्म नेपाल सरकारको पहलमा युद्धग्रस्त इजराइलवाट २ सय ५४ जना नेपाली स्वदेश फर्काइएको छ ।

स्वदेश फर्किएका बिद्यार्थी तथा उनका परिवार मानसिक रुपमा कुनै समस्या अथवा बिक्षिप्त बनेका मृतकका परिवारलाई केही सहज होस भन्ने उद्देश्यका साथ अन्नपूर्ण प्राकृतिक अस्पतालले निशुल्क उपचार तथा परामर्श गर्न लागिएको अस्पतालका मेडिकल डाइरेक्टर डा.स्कन्द डांगीले बताए ।    

उपचार सेवा दिन न्युरोसाइक्र्याटिस्ट डा.प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा. रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन, न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिनेछन् ।

अस्पतालको परिचय र दिने सेवाहरु

अन्नपूर्ण प्राकृतिक अस्पताल अत्याधुनिक सुबिधा सम्पन्न हस्पिटल हो। यस अस्पतालमा प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ, physiotherapist  विशेषज्ञ (Ortho & Neuro), Qualified योगtherapist ,दक्ष lab technician र अनुभवी spa therapist सहितको समूहबाट विभिन्न रोगहरूको सफल उपचार गर्दै आइरहेको छ।

प्राकृतिक अस्पतालले ढाड दुख्ने,कम्मरदुख्ने,घुढा दुख्ने,गर्दन दुख्ने,जोर्नी दुख्ने, हड्डी खिईएको ,नसा च्यापीएको,हात खुट्टा झम्झमाउने,प्यारालाइसिस,मुख बङ्गिएको,टाउको दुख्ने,माइग्रेन,अनिन्द्रा,ग्यस्ट्रिक,कब्जियत,पिनास,दम,कान कराउने,महीनावारी गडबढी,मटोपन ,fatty liver( कलेजोमा बोसो जमेको),कगनबच( मधुमेह),थाइराइड सम्बन्धी समस्याहरु,अजयभिकतचय समस्या ,बाथ रोग हरु,मानसिक रोग , उच्च रक्तचाप , शल्यक्रियापछि  पुनर्स्थापना वा कुनै पनि प्रकारको स्वास्थ्य सम्बन्धी समस्या को सफल उपचार गर्दै आइरहेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद