Media Network

७६ जनामा कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

२३ बैशाख २०८०,शनिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन भने २६ जना निको भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १३७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद