Media Network

कोरोना संक्रमण दिनप्रतिदिन बढ्दैः आज ५६८ जना थपिए, एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

९ श्रावण २०७९,सोमबार

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । तीन महिनाअघि झण्डै सून्य अवस्थामा पुगेको संक्रमण दर क्रमशः उकालो लाग्दो क्रममा छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । 

३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा ५ सय बढी संक्रमित थपिएका हुन् । 

हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद