Media Network

कोरोनाबाट २ जनाको मृत्यु, ३४७ संक्रमित थपिए


खबरस्टोरी संवाददाता

८ श्रावण २०७९,आईतवार

काठमाडौँ।  पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ संक्रमित भएका हुन् । २ हजार ३६० पीसीआरमा ३०३ र १ हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित फेला परेका छन् । 


२४ घण्टामा निको हुनेको संख्या ९५ रहेको छ । सोही अवधिमा ७८ हजार २२८ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद