Media Network

मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, नौ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

८ श्रावण २०७९,आईतवार

काठमाडौं।  मलेसियाका विभिन्न भागमा पछिल्लो समय कोभिड सङ्क्रमितको संख्या चार हजार आठ सय १६ जना नयाँ बिरामी थपिएका छन्। उक्त बिरामीमध्ये नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन्।

यसैबीच, न्युजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद