Media Network

नेपालमा शल्यक्रिया बिना नै मुटुको भल्भ प्रत्यारोपण


खबरस्टोरी संवाददाता

१० श्रावण २०७९,मंगलवार

काठमाडौँ । नेपालमा दोस्रोपटक बिरामीको शल्यक्रिया नगरी मुटुको भल्भको सफल प्रत्यारोपण गरिएको छ । 

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भारतमा कार्यरत नेपाली चिकित्सक डा अमित चौरसियाको सहयोगमा ह्याम्सको चिकित्सक टोलीले आइतबार एक ७४ बर्षीय पुरुषको ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट भल्भ प्रत्यारोपण गरेको हो ।‘खुट्टाको रगत नलिबाट क्याथेटर छिराएर मुटुको एओर्टिक भल्भ प्रत्यारोपण गरिएको छ । 

यस अघि नेपालमा पहिलाृे पटक यहि खालको प्रत्यारोपण गत १६ फागुनमा बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्र (गंगालाल अस्पताल)मा भएको थियो । त्यसबेला गंगालाल अस्पतालले ८० बर्षीया महिलामा ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट भल्भ प्रत्यारोपण गरिएको बताएको थियो ।ह्याम्सले शल्यक्रिया विना नै मुटुको भल्भ प्रत्यारोपण गर्ने आफू निजी क्षेत्रमा पहिलो र देशमा दोस्रो रहेको दावी गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद