Media Network

नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल


खबरस्टोरी संवाददाता

१० मंसिर २०८०,आईतवार

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक  गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् । 

परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।

यस्तै, शनिबार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३)  प्रतिशत उत्तिर्ण भएका छन् ।

शनिबार विहान ९ देखि ११ ः ३० सम्म सञ्चालन भएको ३४औँ नाम दर्ता परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद