Media Network

न्याम्सको डिनमा ढुंगाना नियुक्त


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को डिनमा डा अशेष ढुंगाना नियुक्त भएका छन् । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन विभागका संयोजक आनन्द ढुंगानाका छोरा हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजनीतिक दबाब दिलाएर उनले छोरालाई न्याम्सको डिन नियुक्त गराएको भन्दै विरोध भइरहेको छ ।न्याम्सका नवनियुक्त उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफारिसमा डा ढुंगानालाई मन्त्री बस्नेतले डिन नियुक्त गरेका हुन्।

यसअघि उनी वीर अस्पतालको मेडिसिन विभागमा प्रमुखको रूपमा कार्यरत थिए ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. बस्नेत नियुक्त भएका छन् । उनी पनि कांग्रेसी नै हुन् । यसअघि निमित्त कुलपति रहेका डा. बस्नेतले महंगो मूल्यमा वीर अस्पताललाई आवश्यक पर्ने भन्दै विभिन्न उपकरण किनेर प्रयोगमा नल्याएको आरोप लाग्दै आएको छ ।

यसैगरी, न्याम्सको रेक्टरमा डा. लोचन कार्की नियुक्त भएका छन् । उनी कांग्रेस निकट नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष हुन् । रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह नियुक्त भएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद