Media Network

पशुपति शर्माले विरामीलाई नचाए


खबरस्टोरी संवाददाता

२४ आश्विन २०८०,बुधबार

काठमाडौँ।राष्ट्रिय लोक दोहरी गायक पशुपती शर्मा र रमेश राज भट्टराई द्वयले विरामीलाई नचाएका छन्। गायक पशुपती शर्मा र रमेश राज भट्टराई द्वयले  प्राकृतिक उपचार बाट पुर्ण स्व्वस्थ लाभ प्राप्ती पछि  सामुदायिक प्राकृतिक चिकित्सालय रहहरमै आयोजित  सांगितिक सांझको रमझममा विरामीलाई नचाएका हुन्। 

 रोगी र निरोगी सयौं  नवलपुरवासी जनसमुदायलाई  गीत संगीत बाट मंत्र मुग्ध बनाई प्राकृतिक चिकित्सा बिधाको प्रचारमा महत्वपूर्ण  सहयोग पुर्याराउको मा बधाई समेत दिएका थिए  ।अगामी दिनमा स्वस्थ्य क्षेत्रमा ओझेलमा पारिएको प्राकृतिक चिकित्सा बिधाको बिस्तार र प्रबर्द्धनमा आफ्नो  आहार,बिहार र बिचार सुधार द्वारा भएको र हुने वहाहरुको उपचारीय अनुभवलाई  गीत संगीतको माध्यम द्वारा  बिश्वब्यापी  बनाउन थप योगदान पुग्ने  सामुदायिक प्राकृतिक चिकित्सालयले बताएको छ। 

“स्वस्थ्यका लागि संगीत“ 

अहिलेको मानव जीवनलाई आक्रान्त बनाइरहेका ८०% रोगहरूको मुख्यकारण तनाव रहेको छ। मात्र तनावको सहि व्यवस्थापन गर्नसक्ने हो भने ८०% रोगबाट बच्न सकिन्छ । तनाव व्यवस्थापनका लागि ध्यान, आध्यात्मिक पुस्तक को अध्ययन, नियमित व्यायाम जत्तिकै महत्वपूर्ण गित संगीत पनि रहेको छ। गीतसंगीतमा रम्ने र नृत्यको नियमित अभ्यासले शरीरमा खुसी हुँदा निक्लने रसहरु (Happy hormones) उत्पादन हुन थाल्दछ साथै आफैंले आफैंलाई काउन्सेलिङ(self counselling) गर्नसक्ने क्षमताको बृद्धि पनि गर्दछ। राम्रो गीत संगीत मा रमाउने मानिसलाई डिप्रेसन लगायतका मानसिक समस्याहरूको सम्भावना समेत कम हुन्छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद