Media Network

रेसिडेन्ट डाक्टर आन्दोलित : चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने


खबरस्टोरी संवाददाता

९ आश्विन २०८०,मंगलवार

काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका हुन् ।

पोखरा लमजुङ, चितवन  हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने उनीहरूको भनाई छ ।

चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूले अडान लिएका छन् । आवासीय चिकित्सकहरू फ्रन्टलाइनमा धेरै समय खटिने हुँदा बढी आक्रमणमा उनीहरू नै पर्ने गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद