Media Network

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा तिलगंगा आँखा अस्पताललाई २ लाख आर्थिक सहयोग


खबरस्टोरी संवाददाता

१५ कार्तिक २०८०,बुधबार

काठमाडौँ।सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर तिलगंगा आँखा अस्पताललाई २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराइएको जनाएको छ ।

त्यसैगरी, बिहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसर सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रम सञ्चालन गरिएको थियो । यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता थियो ।

मन्दिर परिसरको सरसफाइ कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याललगायत बैंकका सञ्चालकहरू तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति थियो ।

कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए । साथै, बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लस्टर कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा कुल १३२ जनाले रक्तदान गरेका थिए । 

बैंक संचालक समितिका अध्यक्ष उज्ज्वल सत्यालको स्वागत मन्तव्यबाट सुरु भएको वार्षिकोत्सव कार्यक्रममा बैंकमा ५ वर्षभन्दा बढी अवधि काम गरेका कर्मचारीहरूलाई ’एक्सेलेन्स अवार्ड’ वितरण तथा केक कटिङ कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद