Media Network

सनराईज बैंकद्धारा निशुल्क आँखा शिविर सञ्चालन


खबरस्टोरी संवाददाता

१ असार २०८०,शुक्रबार

काठमाडौं।सनराईज बैंकले निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बैकले तिलोत्तमा आँखा अस्पताल बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । निःशुल्क आँखा शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी दुई ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवा लिएको बैंकले जानकारी दिएको छ ।  

त्यसैगरी सन्राइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा जेठ २५ गते छिटाहा मावि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधा प्रदान गरिएको थियो । कार्यक्रममा एक सय ५१ जना सहभागी थिए । 

हरेक वर्ष देशका विभिन्न स्थानका समुदायको आवश्यकता अध्ययन गरी स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तिकरण लगायतमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्दै आएको बैंकले जानकारी दिएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद