Media Network

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला तीन महिनाका लागि निलम्बित


खबरस्टोरी संवाददाता

२९ आश्विन २०८०,सोमबार

काठमाडौँ ।सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामेदर बसौलालाई निलम्बन गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गरी पदमा बसिरहँदा प्रमाण नष्ट हुनसक्ने जनाउँदै तीन महिनाका लागि निलम्बन गरिएको जनाएको छ। 

‘नेपाल सरकार मन्त्रिपरिषदको यही २४ गतेको निर्णय अनुसार कार्यकारी निर्देशक पदमा राखिरहँदा तपाईं उपर लगाइएको आरोपको प्रमाण नष्ट गर्न सक्ने र तपाईंको गैरजिम्मेवारीपूर्ण काम कारबाहीले स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानीसमेत गर्न सक्ने देखिएको हुँदा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ महिनाका लागि कार्यकारी निर्देशक पदबाट आजैका मितिदेखि लागू हुने गरी निलम्बन गरिएको बेहोरा निर्णयानुसार अनुरोध छ’, मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि पदीय जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्रीस्तरीय निर्णयले उनलाई ११ बुँदे स्पष्टिकरण सोधिएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद