Media Network

स्वास्थ्य मन्त्री बस्नेतको गुनासो - अर्थ मन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाइएन


खबरस्टोरी संवाददाता

१६ श्रावण २०८०,मंगलवार

काठमाडौं । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालस्थित विश्व बैंकका प्रतिनिधिहरुसँगको भेटपछि सञ्चारकर्मीसँग स्वास्थ्य मन्त्री बस्नेतले निकै मेहेनत पछि अर्थमन्त्रालयले कटौती गरेको बजेट पनि दिएको बताए ।

उनले भने ‘ स्वास्थ्य मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङ घटाएको थियो हामीले प्रयास गरेपछि अर्थमन्त्रालयले १० अर्व ११ लाख पैसा दुई पटकगरी थपेको छ । त्यति हुँदाहुँदै पनि २० प्रतिशत बजेट कटौती भएको छ । त्यसमा सूर्तिजन्य पदार्थमा उठेको ६ अर्ब वार्षिकमा पनि मन्त्रालयले ४० करोड मात्र पाएको छ, त्यसैले सूर्तिजन्यबाट उठेको पैसा र कोभिडको बेला खर्च गर्ने भनेर प्राप्त गरेको पैसा पनि अर्थमन्त्रालयमा छ । ’

मन्त्री बस्नेतले विश्व बैंक लगायतका संस्थाबाट स्वास्थ्य क्षेत्रमा आएको सहयोग स्वास्थ्य मन्त्रालयले नै चलाउन पाउनु पर्ने बताए । उनले दरबन्दीको अभावमा पनि स्वास्थ्य क्षेत्रमा धेरै काम हुन नसकेको प्रष्ट पारे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद