Media Network

स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओ प्रमुख गेब्रेयससबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७९,बिहीबार

काठमाडौं । विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए ।

विशेष गरी खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम, निवारण र उन्मूलनमा खेलेको भूमिकाको मन्त्री गिरीले प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

साथै मातृ शिशु स्वास्थ्य, २०७२सालको भूकम्प, हैजाको प्रकोप, कोभिड कोभिडविरुद्धको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले सह्रानीय भूमिका खेलेको मन्त्री गिरीले बताएका थिए ।

डा.गेब्रेयससले नेपालले स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको भन्दै डब्ल्यूएचओको तर्फबाट आवश्यक सहयोग निरन्तर हुने आश्वासन दिएका थिए । भेटमा नसर्ने रोग, प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा लगायतका विषयमा पनि छलफल भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद