Media Network

टिचिङ अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा


खबरस्टोरी संवाददाता

२१ मंसिर २०८०,बिहीबार

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार सेन्टरको उदघाटन गरे ।
विष सेवन गरेकाहरूको उपचारलाई प्रभावकारी बनाएर सो सेन्टरबाट उनीहरूको मृत्युदर कम गर्न विज्ञमार्फत सुझाव दिइनेछ ।
“यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिनकै काम गर्नेछ,” मन्त्री बस्नेतले भने ।
नेपालमा बर्सेनि आत्महत्याका घटनामध्ये २० प्रतिशत विष सेवनका कारण हुने गरेको अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले बताए । पोइजन इन्फरमेसन सेन्टरबाट २४ घण्टा नै आवश्यक सूचना उपलब्ध गराइने उनको भनाइ छ ।
विष सेवनपछिको उपचारका विषयमा कुनै जानकारी आवश्यक परेमा ०१–४५०२०११ मा फोन गर्न सकिने जनाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद