Media Network

थप ५७७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१३ श्रावण २०७९,शुक्रबार

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा २४७४ जनामा पीसीआर परीक्षण गर्दा ३९१ जना र १८०८ जनामा एन्टीजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै गए पनि विहीबारको तुलनामा भने शुक्रबार संक्रमण दर कम रहेको छ । विहीबार देशभर ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

हाल देशभर ४ हरा ३ सय ५६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद