Media Network

थप ६२० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ६२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय २ हजार ६५१ पीसीआर तथा ३ हजार १९५ एन्टिजेन परीक्षण गर्दा थप संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६७ पुगेको छ।

आइतबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ५६७ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद